काबुलमा चार अपहरणकारी मारिए, व्यापारीको उद्धार
एजेन्सी । अफगान प्रहरीले सोमबार अबेर राति काबुल सहरमा चार अपहरणकारीको हत्या गरेपछि एक व्यापारीको उद्धार गरेको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले मंगलबार बताएका छन्।
अधिकारीका अनुसार अपहरणकारीहरूको समूहले सोमबार अबेर राति काबुल शहरको तैमानी क्षेत्रबाट एक व्यापारीलाई अपहरण गर्ने प्रयास गरिरहेको थियो । तर प्रहरीले चार अपहरणकारीलाई गोली हानेर व्यापारीलाई उद्धार गरेको थियो ।
तालिबानद्वारा सञ्चालित कार्यवाहक सरकारले युद्धग्रस्त देशमा अपहरण, लागूऔषध ओसारपसार, सशस्त्र डकैती र आतङ्कवादी जस्ता अपराधी र गैरकानूनी गतिविधिहरूमाथि कारबाही गर्ने वाचा गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया