अष्ट्रेलियामा लागुऔषध मुद्दामा ९७ जनालाई अभियोग लगाइयो

एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको सङ्गीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ ।
सोमबार जारी गरिएको विज्ञप्तिअनुसार, न्यू साउथ वेल्स राज्यको पुलिसले आइतवार आयोजित उत्सव कार्यक्रममा लक्षित अपरेसन सुरू गरेको थियो ।
सिड्नीको पूर्वी किनारमा भएको यस कार्यक्रममा २७ हजार भन्दा बढी मानिसहरूलाई आकर्षित भएका समाचारमा जनाइएको छ । ९७ जनाले एमडीएमए, एम्फेटामाइन, गाँजा, कोकिन, एक्स्टेसी, एलएसडी, केटामाइन र साइलोसाइबिन लगायतका अवैध लागूऔषध ओसारपसार गरेको प्रहरीले जनाएको छ ।
तीमध्ये तीन जना लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका छन् । एक २१ वर्षीय पुरुषसँग १५ वटा एमडीएमए क्याप्सुल, अर्का एक पुरुषसँग ९ वटा क्याप्सुल र २५ वर्षीया महिलासँग ५ वटा एमडीएमए क्याप्सुल बरामद भएको बताइएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया