NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सर्वोच्चमा आज रविको ‘खड्गो’, आउला अन्तरिम आदेश ?

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज छलफल हुने भएको छ ।

लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै कास्कीका रविराज बसौलालगायतले उनको सांसद पदको सपथ रोक्न माग गर्दै रिट दायर गरेका थिए । सो रिटमा गत पुस ६ गते अन्तरिम आदेश नदिई छलफलका लागि आउन भनिएको थियो । सोहीअनुरूप आज दुई पक्षबीच छलफल हुन लागेको हो ।

गृह मन्त्रालयलाई समेत विपक्षी बनाएर दायर रिटमा ऊसँग समेत जवाफ मागिएको थियो । सर्वोच्चले दिएको सात दिनको म्याद गुजारेर बुधबार जवाफ पठाएको गृहले लामिछानेको बचाउ गर्दै रिट नै खारेज हुनुपर्ने माग गरेको छ ।

दुई पक्षबीच आज गराइने छलफल अन्तरिम आदेश जारी हुने या नहुने भन्ने विषयमा केन्द्रित हुनेछ ।

त्यसैले आजको दिन रविका लागि खड्गो हुनेछ । यदि सर्वोच्चले शुक्रबार अन्तरिम आदेश दिएमा लामिछाने सांसद तथा मन्त्रीको हैसियतमा रहने पाउने छैनन् ।

अर्को देशको नागरिकता लिएर आफ्नो त्यागेका कुनै पनि नेपाली नागरिक पुनः नागरिक हुन पाउँछन् । तर त्यसका लागि उसले अर्को देशको नागरिकता त्यागेर नेपालको सम्बन्धित जिलला प्रशासन कार्यालयमा पुनः नागरिक हुन पाउँ भनी निवेदन दिनुपर्छ । लामिछानेले नेपाल फर्किएर पुनः नागरिकता लिने प्रक्रिया नथालेकाले उनी नेपाली नागरिक नरहेको तर्क गरिँदै आएको छ ।

लामिछानेले पुनः नागरिकता लिने प्रक्रिया नथालेको स्वीकार गरे पनि अमेरिकाको नागरिकता त्यागेपछि स्वतः नागरिक हुने आफ्नो बुझाइ रहेको र यसअघिका घटनामा राज्यका निकायले पनि नागरिक मानिसकेकाले आरोपमा सत्यता नरहेको तर्क गर्दै आएका छन् । आज सर्वोच्चमा हुने छलफलमा पनि रविले यसैगरी आफ्नो बचाउ गर्ने रणनीति बनाएका छन् ।

रविबारे सर्वोच्चलाई गृहको जवाफ– हचुवामा कारबाही गर्न मिल्दैन, रिट खारेज गरी पाऊँ