NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पुरानै नियमावली अनुसार संसद बैठक सञ्चालन गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।

प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि तय गर्न शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले नयाँ नियमावली नबन्दासम्म पूरानै नियमावली अनुसार बैठक बस्ने सहमति भएको हाे ।

मंसिर ४ मा भएको निर्वाचनपछि २५ पुसमा प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ । सोही दिन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका तय भएको हो ।

सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य पशुपतिशमशेर राणाले बोलाएको सर्वदलीय बैठकमा कार्य सञ्चालन नियमावलीबारे छलफल भएकाे कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

यसैगरी २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । संविधान अनुसार संसद बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने कानुनी बाध्यता छ । त्यो विषयमा अर्को बैठकमा निर्णय हुने लेखकले जानकारी दिए ।