पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्। बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उनले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गरेका छन् । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको थियो ।
दुर्घटनामा परी १८ जना घाइते भएका छन् । प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गरेका छन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया