चन्द्रागिरी हिल्सको अध्यक्षमा हेमराज ढकाल नियुक्त

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् । पुस २१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले अध्यक्षमा ढकाललाई आगामी चार वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।
सोही साधारण सभाले नयाँ संचालक समिति समेत गठन भएको छ । कम्पनीको पुस २१ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने नयाँ संचालकहरु चयन भएका हुन् ।
कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग र दिलिप शेखर श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा उमा विष्ट जिसी र प्रेमराज जोशी स्वतन्त्र संचालकमा रहेका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया