NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रधानमन्त्री प्रचण्डलाई बाबुरामको सुझाव : राप्रपासँग घाँटी जोड्दा संविधान र व्यवस्था धरापमा पर्न सक्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धन बनाउँदा लक्ष्मणरेखा पालना नगर्दा गणतन्त्र नै धरापमा पर्न सक्नेतर्फ प्रधानमन्त्री प्रचण्डलाई सचेत गराएका छन् ।

गणन्त्रको विपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा सरकारमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई उनले सचेत गराएका हुन् । राजसंंस्था हटाउनेमध्येका एक प्रमुख योजनाकारसमेत रहेका भट्टराईले गठबन्धन बनाउँदा लक्ष्मणरेखा पालना नगर्दा दीर्घकालीन क्षति हुन सक्ने चेतावनी दिएका हुन् ।

सरकार बनाउने अंकगणितकै लागि संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी शक्ति राप्रपासँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्ने उनको चेतावनी छ । वि सं ०५१ मा कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपाको समर्थनमा सरकारमा जाँदा भएका घटनाक्रमलाई नबिर्सन पनि उनको आग्रह छ ।

‘‘गठबन्धन गर्दा लक्षमणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ । सरकारका अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ,’ उनले भने, ‘०५१ पछि कांग्रेस र कम्युनिष्टले पालैपालो बोक्दाको दुष्परिणाम नबिर्सौं ।’

१० पुसमा एमालेको प्रस्तावमा प्रधानमन्त्री भएका प्रचण्डलाई राप्रपा, रास्वपा, जसपा, जपा र नउपा जस्ता दलहरूको समर्थन रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष