प्रधानमन्त्री प्रचण्डलाई बाबुरामको सुझाव : राप्रपासँग घाँटी जोड्दा संविधान र व्यवस्था धरापमा पर्न सक्छ
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धन बनाउँदा लक्ष्मणरेखा पालना नगर्दा गणतन्त्र नै धरापमा पर्न सक्नेतर्फ प्रधानमन्त्री प्रचण्डलाई सचेत गराएका छन् ।
गणन्त्रको विपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा सरकारमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई उनले सचेत गराएका हुन् । राजसंंस्था हटाउनेमध्येका एक प्रमुख योजनाकारसमेत रहेका भट्टराईले गठबन्धन बनाउँदा लक्ष्मणरेखा पालना नगर्दा दीर्घकालीन क्षति हुन सक्ने चेतावनी दिएका हुन् ।
सरकार बनाउने अंकगणितकै लागि संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी शक्ति राप्रपासँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्ने उनको चेतावनी छ । वि सं ०५१ मा कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपाको समर्थनमा सरकारमा जाँदा भएका घटनाक्रमलाई नबिर्सन पनि उनको आग्रह छ ।
‘‘गठबन्धन गर्दा लक्षमणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ । सरकारका अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ,’ उनले भने, ‘०५१ पछि कांग्रेस र कम्युनिष्टले पालैपालो बोक्दाको दुष्परिणाम नबिर्सौं ।’
१० पुसमा एमालेको प्रस्तावमा प्रधानमन्त्री भएका प्रचण्डलाई राप्रपा, रास्वपा, जसपा, जपा र नउपा जस्ता दलहरूको समर्थन रहेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया