३३ लाख अमेरिकी प्राकृतिक प्रकोपबाट विस्थापित
एजेन्सी । ३३ लाख अमेरिकी वयस्क प्राकृतिक प्रकोपबाट विस्थापित भएका एक सर्वेक्षणले देखाएको छ ।
अमेरिकी जनगणना ब्यूरोका अनुसार देशको १.३ प्रतिशतभन्दा बढी वयस्क जनसङ्ख्या गत वर्ष प्राकृतिक प्रकोपबाट विस्थापित भएको थियोभने आधाभन्दा बढी स्थानान्तरण हुन बाध्य भएका थिए ।
बिहीबार सार्वजनिक भएको दुई वर्ष पुरानो अनलाइन सर्वेक्षणले ३३ लाख अमेरिकी वयस्क आँधी, बाढी, आगलागीलगायत प्राकृतिक प्रकोपबाट विस्थापित भएका देखाएको हो । प्राकृतिक प्रकोपबाट भएका विस्थापनबारे पहिलो पटक सर्वेक्षणमा प्रश्नावली समावेश गरिएको थियो ।
अमेरिकाका केही राज्य अरू भन्दा बढी प्रभावित भएका, सबैतिर एकै प्रकारको विपत्तिको सामना गर्नुनपरेको, फ्लोरिडामा करिब १० लाख प्रभावित भएका थिए । उक्त राज्यका हरेक १७ जनामा एक जना विस्थापित भएका थिए ।
सर्वेक्षणअनुसार निकाले तूफानले देशका विभिन्न भागमा चार लाख नौ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन बाध्य पारेको थियो । प्राकृतिक प्रकोपबाट सबैभन्दा इन्डियाना, नर्थ डकोटा, ओहायो र ओक्लाहोमा प्रभावित रहे ।
विस्थापित भएका ३३ लाखमध्ये एक तिहाइभन्दा बढी एक साताभन्दा कम समयका लागि आफ्नो घरबाट बाहिर थिए भने हरेक छ जना मध्ये एक जना कहिल्यै आफ्नो घर फर्केनन् ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया