विमानभित्र महिलामाथि पिसाब गरेको आरोपमा युवक पक्राउ
काठमाडौं (एजेन्सी) । गत नोभेम्बरमा एयर इन्डियाको विमानमा एक वृद्ध महिलालाई पिसाब गरेको आरोपमा एक व्यक्ति बैंगलोरबाट पक्राउ परेका छन्।
बैंगलोरस्थित बहिनीको घरमा बसिरहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
समाचार एजेन्सी एएनआईले दिल्ली पुलिसलाई उद्धृत गर्दै एक युवक पक्राउ गरेको जनाएको छ ।
यसअघि अभियुक्तका पिताले छोरालाई निर्दोष घोषणा गरेका थिए ।सञ्चारकर्मीलाई उनलाई छोरा कहाँ छन् भनेर जिज्ञासासमेत राखेका थिए । जवाफमा उनले यसबारे अनभिज्ञता प्रकट गरे ।
नोभेम्बर २६ मा न्यूयोर्कबाट दिल्लीका लागि उडेको एयर इन्डियाको विमानमा सवार ७५ वर्षीया महिलाले एक युवकले आफूमाथि पिसाब फालेको गुनासोपछि परिवारका सदस्यलाई नकारात्मक असर पर्नेभन्दै भित्र मिलाउन भनिएको थियो । तर पीडित भनिएकी महिला त्यसमा तयार भइनन् र प्रहरीमा उजुरी दिइन् । परेशानमा परेको भन्दै अमेरिकी संस्थाले आरोपित युवक पक्राउ गरेको केही समयपछि उनी पक्राउ परेका हुन् ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया