उडिरहेको विमानमा बम राखिएको हल्ला फैलिएपछि…
काठमाडौं । बमको थ्रेटपछि जापानको एक विमान आपतकालीन अवतरण गरिएको छ ।
टोकियोनजिकैको नारिता विमानस्थलबाट दक्षिणी जापानको फुकुओकाका लागि उडेको जेटस्टार विमान बमको थ्रेटपछि आपतकालीन अवतरण गरिएको हो ।
शनिबार स्थानीय समयअनुसार ०६ः२० बजे जर्मनबाट एक व्यक्तिले टेलिफोन गरेर अंग्रेजी भाषामा विमानमा आफूले बम राखेको बताएका थिए । लगत्तै विमानलाई अवतरण गर्न निर्देशन गरिएको थियो ।
विमानमा १३६ यात्रु र चालक दलका ६ सदस्य यात्रारत थिए ।
बम राखेको दाबी गरिए पनि अनुसन्धानका क्रममा त्यस्तो केही नभेटिएको बताइएको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया