चीनले परिमार्जन गर्यो ट्राभल नियम, अब क्वारेन्टिन बस्नु नपर्ने
काठमाडौं ।आइतबारदेखि चीनले कोरोना महामारीसँग सम्बन्धित यात्रा नियमअन्तर्गत क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउन लागेको छ ।
योसँगै अब चीन प्रवेश गर्नुअघि क्वारेन्टाइनमा बस्नु पर्ने बाध्यता अन्त्य हुनेछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले आफ्ना नागरिकहरूलाई विदेश यात्राका लागि राहदानी र भिसा पनि दिन थालेको छ।
विदेशीलाई सामान्य भिसा र परमिट पनि जारी गर्न थालिएको छ ।
लामो समयदेखि चीनमा शून्य कोभिड नीति अवलम्बन गरिँदै आएको थियो तर आन्दोलन र अर्थतन्त्रमा परेको नोक्सानका कारण यसलाई परिमार्जन गरिएको छ ।
लगानीकर्ताहरूका अनुसार नाकाहरु खुल्दा चिनियाँ अर्थतन्त्रलाई पुनरुत्थान गर्न मद्दत पुग्नेछ ।
चीनले पछिल्लो आधा दशकमा सबैभन्दा सुस्त आर्थिक वृद्धिको सामना गरिरहेको छ।
तर नियमहरू खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढ्ने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया