श्रीलंका र थाइल्याण्डले तेस्रो चरणको एफटीए वार्ता शुरु गर्ने
एजेन्सी । श्रीलंका र थाइल्याण्डबीच जनवरी ९ र १० मा कोलम्बोमा दुई राष्ट्रबीच हुने स्वतन्त्र व्यापार सम्झौताको तेस्रो चरणको वार्ता हुन लागेको श्रीलंकाका राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ।
सो वार्तामा थाइल्याण्डका २६ प्रतिनिधिहरू छलफलमा भाग लिने बताइएको छ । छलफलमा वस्तुको व्यापार, सेवाको व्यापार, लगानी, उत्पत्ति नियम, भन्सार सहयोग, व्यापार सहजीकरण र आर्थिक सहयोगलगायतका विषयमा केन्द्रित रहने पीएमडीले जनाएको छ ।
पीएमडीका अनुसार सन् २०२१ मा श्रीलंकाले थाइल्याण्डबाट ३५ करोड ५० लाख अमेरिकी डलरको सामान आयात गरेको थियो भने ५९ मिलियन डलरको सामान थाइल्याण्डमा निर्यात गरेको थियो।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया