श्रीलंका र थाइल्याण्डले तेस्रो चरणको एफटीए वार्ता शुरु गर्ने

एजेन्सी । श्रीलंका र थाइल्याण्डबीच जनवरी ९ र १० मा कोलम्बोमा दुई राष्ट्रबीच हुने स्वतन्त्र व्यापार सम्झौताको तेस्रो चरणको वार्ता हुन लागेको श्रीलंकाका राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ।
सो वार्तामा थाइल्याण्डका २६ प्रतिनिधिहरू छलफलमा भाग लिने बताइएको छ । छलफलमा वस्तुको व्यापार, सेवाको व्यापार, लगानी, उत्पत्ति नियम, भन्सार सहयोग, व्यापार सहजीकरण र आर्थिक सहयोगलगायतका विषयमा केन्द्रित रहने पीएमडीले जनाएको छ ।
पीएमडीका अनुसार सन् २०२१ मा श्रीलंकाले थाइल्याण्डबाट ३५ करोड ५० लाख अमेरिकी डलरको सामान आयात गरेको थियो भने ५९ मिलियन डलरको सामान थाइल्याण्डमा निर्यात गरेको थियो।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया