NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

तत्काल पार्टी एकता गर्ने तयारीमा प्रचण्ड, माधव र बाबुराम

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी र विपक्षी एकीकृत समाजवादी पार्टीबीच एकता हुने भएको छ ।
कार्यगत एकतासँगै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि एउटै समाजवादी केन्द्र बनाउने सहमति भएबमोजिम तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

पुुस २६ मा बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएलगत्तै तीन पार्टीबीच निर्णायक वार्ता हुने माओवादी वार्ता टोली सदस्य पोखरेलले जानकारी दिए । गएको निर्वाचनमा वामपन्थी दलहरूले पाएको जनमतले नयाँ ढंगले सोच्नुपर्ने समय आएको उनको तर्क छ ।

‘वार्ता टोलीको तत्कालीन सोच प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनु रहेको छ । दीर्घकालीन सोच वामपन्थी आन्दोलनलाई कसरी अगाडि लैजाने भन्नेमा छ । सामान्यतः वामपन्थी एकताको लागि हामीले यसअघि हामीले जुन अभ्यास गर्यौं त्यसलाई जनताले अनुमोदन गर्यो तर नेतृत्वले ठीठक ढंगबाट अनुमोदन गर्न नसक्दा दुर्घटनामा पर्यो’, उनले भने, ‘विगतबाट पाठ सिकेर सबै वामपन्थीसँग एकताका लागि वर्ता टोली बनाएका छौं । सबै पक्षसँग छलफल भएपनि तत्काल एकीकृत समाजवादी र नेसपासँग हाम्रो एकता हुन्छ ।’

तर पार्टी एकताको मोडालिटी, मार्गदर्शक सिद्धान्त, पार्टीको नामा, झण्डा लगायत विषयमा प्रवेश नभएको पोखरेलले बताए । ‘अहिले हामी तीन पार्टीबीच एकताका लागि प्रारम्भिक छलफलमा छौं । प्रधानमन्त्रीको निर्वाचनपछि एकचरण वामपन्थी र गैरवापन्थी चरित्र भएका सबै पक्षसँग छलफल गर्छौं । त्यसपछि कसरी अघि बढ्ने भन्ने विषयमा तार्किक निष्कर्षमा पुग्नेछौं’, उनले भने ।

पोखरेलको भनाइसँग सहमत जनाउँदै एउटै वामपन्थी केन्द्र बनाउन एकीकृत समाजवादी केन्द्र तयार रहेको कार्यदल सदस्य ज्वालाले बताए । पुस २६ मा बस्ने संसद बैठकमा प्रधानमन्त्री प्रचण्डलाई नेकपा एसले विश्वासको मत दिने खुलासा गरे ।

आइतबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले विश्वासको मत दिने आश्वासन दिएका थिए । नेपालसहित जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भेटेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको मत माग्नुको साथै सरकारमा आउन आग्रह गरे ।

छलफलपछि दुवै नेताले विश्वासका मत दिने उनलाई आश्वासन दिएका थिए । प्रधामन्त्रीसँगको भेटवार्ता सकारात्मक रहेकोभन्दै ज्वालाले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि वामपन्थीबीच एकताका लागि निर्णायक वार्ता हुने उनले जिकिर गरे ।

‘वामपन्थी एकताका लागि निर्वाचन अघिदेखि नै हामी छलफलमा केन्द्रित छौं । वाम एकताका लागि माओवादीसहितका दलहरूसँग छलफल जारी छ । विचार मिल्नेसँग तत्काल एकता हुन्छ’, उनले भने ।

वाम एकताका लागि माओवादी केन्द्रले शनिबार उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव त्रय गिरिराजमणि पोखरेल, जनार्दशन शर्मा र शक्ति बस्नेत सदस्य रहेको पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ ।

एकीकृत समाजवादीले महासचिव डा. बेदुराम भुसालको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय सचिवालयल बैठकले भुसालसहित उपमहासचिव प्रकाश ज्वाला, डा. गंगाला तुलाधर र डा. विजय पौडेल सदस्य रहेका छन् ।
यसैगरी बाबुराम भट्टराई नेतृत्वको नेसपाले वाम एकता कार्यदल गठन गर्ने तयारी गरेको छ ।

निर्वाचनअघि माओवादी, नेकपा एस, नेसपा र वामदेवको पार्टी नेकपा एकता राष्ट्रिय अभियानबीच कार्यगत एकतासँगै एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने प्रयास असफल भएको थियो । भट्टराईको पार्टी नेसपाले माओवादी केन्द्रकै चुनवा चिन्हबाट निर्वाचनमा भाग लिएका थिए। एकीकृत समाजवादीले कलम चिन्हबाट चुनाव लडेका थिए । वावदेवको पार्टीले निर्वाचनमा भागै लिएन ।

एकीकृत समाजवादीले जसपालाईसमेत पार्टी एकतामा सामेल गर्ने प्रयास जारी राखेको छ । दुइ पार्टीबीच पार्टी एकताका लागि भएको छलफल सकारात्मक भएको दुवै दलका शीर्ष नेताले बताएका छन् । नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जसपासँग पार्टी एकताको सम्बन्धमा छलफल जारी रहेपनि निष्कर्षमा नपुगेको बताए ।

‘वामपन्थीबीच एकताका लागि हामीले वार्ता टोली बनाइसकेका छौं । वार्ता टोलीले जसपासहित अन्य दलसँग पनि छलफल गर्नेछ । एउटा निष्कर्षमा पुग्नेछौं’, उनले भने ।

एउटै समाजवादी केन्द्र बनाउने वा वामपन्थी केन्द्र बनाउने भन्नेमा शीर्ष नेता प्रचण्ड, नेपाल, भट्टराई, यादवबीच पटक–पटक भेटवार्ता भएको छ । निर्वाचनपछि एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि वृहत् वाम एकताका तीनवटै पार्टीका शीर्ष नेताहरू निकै उत्साहित भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष