ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको आजदेखि एकीकृत कारोबार सुरू
काठमाडाैं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू एक आपसमा मर्जर भएर पुस २५ (आजदेखि) एकीकृत कारोबार सुरू भएको छ ।
यी दुबै बैंकबीच गत असोजमा नै मर्जर सम्झाैता भएको थियो । मर्जर सम्झाैताको चार महिनापछि यी दुइ बैंकले आजदेखि एकीकृत कारोबार सुरू गरेको हो । बैंकको एकीकृत कारोबारको सुरू प्रधानमन्त्री पुष्पकमल दाहालले गरे ।
एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको पुस २३, २४ र २५ (तीन दिन) सबै सेवाहरु बन्द गरेका थिए ।
दुवै एक भएपछि अब ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
यसअघि ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि गत असार २ गते प्रारम्भिक सहमतिमा तथा कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । सम्झौतमा दुवै बैंक १:१ अर्थात बराबरी हैसियतमा मर्जमा जाने सम्झौता गरेका थिए । यस्तै, मर्जरपश्चात ग्लोबल आइएमई बीओके बैंकको नाममा एकीकृत कारोबार हुने सम्झौता भएको थयो । तर, राष्ट्र बैंकले यो नाममा सहमति नदिएपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।
हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया