भवन भत्किँदा इजिप्टमा चार जनाको मृत्यु
एजेन्सी । इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक वृद्ध महिलालाई उद्धार गर्न सफल भएको गभर्नर एसाम सादले विज्ञप्तिमार्फत जनाएका छन् ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । शनिबार यस्तै दुर्घटनामा उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा तीन तले भवन भत्किँदा दुई युवाको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया