NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीको उम्मेदवारी

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत आगामी चैत ४ गते हुने संघको महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी दिएको बताएकी हुन् । चलचित्र क्षेत्रमा २४ वर्ष निरन्तर संघको सदस्य रहेको, आजीवन सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेकाले अध्यक्ष पदका लागि आफू योग्य रहेको उनको भनाइ छ ।

यसअधि अभिनेता सबिन श्रेष्ठले पनि संघको अध्यक्षमाा उम्मेदवारी दिइसकेका छन् । आगामी चैत ४ गते काठमाडौंमा कलाकार संघको महाधिवेशन हुँदैछ ।

 

चलचित्र कलाकार संघकाे अध्यक्षमा अभिनेता सबिन श्रेष्ठकाे उम्मेदवारी