इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो

काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ ।
आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौंदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ भाडा घटेको छ ।
यो गन्तव्यका लागि सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौंदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार एक सय ४० कायम भएको छ । काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट) मा छ सय ८५ भाडा घटेर अधिकतम १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ–सिमरामा एक सय ८० भाडा घटेको छ ।
त्यस्तै काठमाडौँ–भद्रपुरमा छ सय, काठमाडौँ–विराटनगरमा चार सय ८५, काठमाडौँ–जनकपुरमा दुई सय ६०, काठमाडौँ–भरतपुरमा दुई सय १५ र काठमाडौँ–पोखरामा तीन सय २० भाडा घटेको छ ।
ताजा अपडेट
-
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
-
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ
-
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
-
धुलिखेल-खावा सडक : पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन
प्रतिक्रिया