इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो
काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ ।
आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौंदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ भाडा घटेको छ ।
यो गन्तव्यका लागि सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौंदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार एक सय ४० कायम भएको छ । काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट) मा छ सय ८५ भाडा घटेर अधिकतम १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ–सिमरामा एक सय ८० भाडा घटेको छ ।
त्यस्तै काठमाडौँ–भद्रपुरमा छ सय, काठमाडौँ–विराटनगरमा चार सय ८५, काठमाडौँ–जनकपुरमा दुई सय ६०, काठमाडौँ–भरतपुरमा दुई सय १५ र काठमाडौँ–पोखरामा तीन सय २० भाडा घटेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया