NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

अघिल्लो संसद विघटनको बचाउ गर्दै ओलीले देउवा–प्रचण्डलाई के भने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अघिल्लोपटक भएको संसद विघटनको बचाउ गरेका छन् । जननिर्वाचित संसदको पहिलो बैठकलाई सोमबार संम्बोधन गर्दै उनले आफ्नो निर्णयको बचाउ गरेका हुन् ।

‘अघिल्लोपटक संसद विघटन गर्नु प्रतिगमन हो भनेर विभिन्न हुइँया चलाइयो । त्यसो हो भने बेलायतमा धेरैपटक प्रतिगमन भएछन्’, उनले भने, ‘प्रजातन्त्रको जननी भनिने बेलायतमा अस्तिसम्म पनि संसद विघटन भएको थियो । संसद विघटन गर्नु प्रतिगमन होइन । विभिन्न हतकण्डा अपनाएर सरकार ढाल्नु प्रतिगमन हो ।’

उनले देउवा–प्रचण्डप्रति इंगित गर्दै बढी जान्ने बन्न खोज्दा समस्या आएको जिकिर गरे । सरकार बन्न नपाउँदै ढाल्ने काममा लाग्दा देश विकास कहिले गर्ने भन्दै उनले देउवामाथि प्रश्न उठाए ।