अघिल्लो संसद विघटनको बचाउ गर्दै ओलीले देउवा–प्रचण्डलाई के भने ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अघिल्लोपटक भएको संसद विघटनको बचाउ गरेका छन् । जननिर्वाचित संसदको पहिलो बैठकलाई सोमबार संम्बोधन गर्दै उनले आफ्नो निर्णयको बचाउ गरेका हुन् ।
‘अघिल्लोपटक संसद विघटन गर्नु प्रतिगमन हो भनेर विभिन्न हुइँया चलाइयो । त्यसो हो भने बेलायतमा धेरैपटक प्रतिगमन भएछन्’, उनले भने, ‘प्रजातन्त्रको जननी भनिने बेलायतमा अस्तिसम्म पनि संसद विघटन भएको थियो । संसद विघटन गर्नु प्रतिगमन होइन । विभिन्न हतकण्डा अपनाएर सरकार ढाल्नु प्रतिगमन हो ।’
उनले देउवा–प्रचण्डप्रति इंगित गर्दै बढी जान्ने बन्न खोज्दा समस्या आएको जिकिर गरे । सरकार बन्न नपाउँदै ढाल्ने काममा लाग्दा देश विकास कहिले गर्ने भन्दै उनले देउवामाथि प्रश्न उठाए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया