कर्णाली प्रदेश सभामुखका लागि माघ १ मा चुनाव

कर्णाली । कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ ।
कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ः०० बजेका लागि तोकेका हुन् ।
उनले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ७ को उपनियम १ बमोजिम चुनावको मिति तथा समय तोकेका हुन् ।
चुनावको मिति तोकेसँगै प्रदेशसभा सचिव जीवराज बुढाथोकीले यही पुस ३० गतेबाट सभामुखको निर्वाचन प्रक्रिया सुरुआत गर्ने र माघ १ गते बिहान ११ः०० सभाको बैठक प्रारम्भ, मतविभाजन र परिणाम घोषणा गर्ने गरी सूचना जारी गरिएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया