सार्वजनिक स्थानबाट प्यालेस्टिनी झण्डा हटाउन इजरायली सरकारको आदेश
काठमाडौं । इजरायलको नयाँ अति दक्षिणपन्थी सरकारका राष्ट्रिय सुरक्षा मन्त्रीले सबै सार्वजनिक स्थानहरूबाट प्यालेस्टिनी झण्डा हटाउन आदेश दिएका छन्।
इजरायली मन्त्री इटामार बेन–गिभिरको तर्क छ, प्यालेस्टिनी झण्डा देखाउनु भनेको ‘आतंकवाद’ लाई समर्थन गर्नु बराबर हो ।
गत हप्ता लामो समयदेखि जेलमा रहेका प्यालेस्टिनी कैदीलाई रिहा गरेपछि यसैको जवाफमा इजरायली मन्त्रीले यस्तो आदेश दिएको विश्वास गरिएको छ ।
हालको इजरायली कानूनले सुरक्षा अधिकारीहरूलाई झण्डा हटाउन अनुमति दिन्छ ।
बेन गिभिरको आदेशलाई प्यालेस्टाइनसँग बढ्दो विवादको अर्को कारणको रूपमा हेरिएको छ। बेन्जामिन नेतन्याहु सरकारलाई इजरायलको इतिहासमा सबैभन्दा कट्टरपन्थी सरकारहरूमध्ये गनिन्छ।
बेन गिभिरले हालै जेरुसेलमको अल–अक्सा मस्जिदको पनि भ्रमण गरेका थिए, जसबारे साउदी अरेबिया, युएईलगायत धेरै मुस्लिम देशहरूले आपत्ति जनाएका थिए।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया