बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउने नवनियुक्त मुख्यमन्त्री जम्कट्टेलकाे निर्णय
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदभार ग्रहण गरेसँगै मन्त्रालय सङ्ख्या घटाउने निर्णय गरेका छन् ।
उनले आज प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको सङ्ख्या कटौती गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा निर्माण गरिएको कार्यदलको निर्णयमा हस्ताक्षर गरेका हुन् ।
कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ । पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आम जनगुनासोलाई सम्बोधन गर्न प्रदेशमा मन्त्रालयको सङ्ख्या कटौती गर्ने निर्णय गरिएको बताए ।
ताजा अपडेट
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


प्रतिक्रिया