NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

संसदमा देउवा र ओलीबीच रोचक आरोप–प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता शेरबहादुर देउवा र एमाले संसदीय दलको नेता केपी ओलीबीच आरोप–प्रत्यारोप चलेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन मंगलबार रोष्टममा उभिएका देउवाले संसद विघटनसम्बन्धमा सोमबार ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।

‘नेकपा एमालेका अध्यक्षको सम्बोधनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, उहाँले फेरि पनि संसद विघटन गर्न सकिने कुरा जोडदार उठाउनुभएको छ,’ देउवाले भने, ‘संविधान पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौं । संविधानअनुसार विघटित संसद पुनर्स्थापना भएको थियो। संविधानका व्यवस्थाप्रति ओलीले चुनौती दिएकोले त्यसमा खरो रूपमा उत्रने चुनौती हाम्रो काँधमा आएको छ ।’

देउवाको अभिव्यक्ति दिए लगतै सम्बोधन गरेका ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् । ‘माननीय शेरबहादुर देउवाले ०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ?

ओलीले अघिल्लोपटक गरेको संसद विघटनको वचाउ गर्दै संसद विघटन गरेर जनतामा जानु उचित रहेका जिकिर गरेका थिए ।