संसदबाटै माधव नेपालले मागे टीकापुर घटनाका दोषि चौधरीको रिहाइको माग
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधवकुमार नेपालले संसदबाटै टीकापुर घटनाका मुख्य नाइके रेशम चौधरीको रिहाइको माग गरेका छन् ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने क्रममा उनले संसदको रोष्मबाटै चौधरीको रिहाइको माग गरेका हुन् ।
‘टिकापुर घटनाको सन्दर्भमा रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्च्तम पूाथामिकता दिएर रिहाई गर्न ध्यान जाओस् । उहाँ यसअघि संसदको माननिय पनि हुनुहुन्छ,’ उनले भने ।
२०७२ सालमा घटेको टीकापुर घटनामा दोषि ठहर भएका चौधरी हाल डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् । साे घटनामा ८ जनाकाे मृत्यु भएकाे थियाे ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया