नेपालवाचमा ‘एजुकेसन डायलग’

काठमाडौं । नेपालवाच डटकमले भोलिबाट साप्ताहिक कार्यक्रम एजुकेसन डायलग प्रशारण गर्ने भएको छ ।
यसअघि नेपालवाचले हरेक आइतबार पोलिसी डायलग र हरेक मंगलबार प्रशासनका कुरा सञ्चालन गर्दै आएको छ । नेपालवाच डट कमले शिक्षा क्षेत्रको सुधारका लागि बहस थालनी गर्न एजुकेसन डायलग सुरू गर्नेे भएको हो ।
किङ्स कलेजको सहकार्यमा सञ्चालन हुने यो कार्यक्रम हरेक बिहीबार विहान ७ बजे नेपालवाच डट कम र यसको युट्युब च्यानलमा प्रशारण हुनेछ ।
यो कार्यक्रमलाई किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अयार्लले सञ्चालन गर्नेछन् । नागरिक तहबाट राज्यसँग जनाइने हरेक असन्तुष्टि हल गर्न अन्य विषयसँगै शिक्षा नीति र सिकाई प्रणालीमा रहेको त्रृटी नसच्याई सम्भव छैन भन्ने निष्कर्ष सहित यो बहसको थालनी गर्न लागिएको हो ।
कार्यक्रममा विषय विज्ञले विद्यार्थी, अभिभावक, शिक्षक लगायत शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने पक्षहरुसँग संवाद गरिनेछ ।
‘पत्रकारिताले समस्या खोज्नेमात्रै होइन, त्यसको समाधानलाई पनि जोडसँग उठाउनसक्नुपर्छ । हामी समस्यामात्रै बढी केन्द्रीत भयौं । यसअघि हाम्रा नीतिमा समस्या छन् र त्यसको हल खोज्नुपर्छ भनेर हामीले पोलिसी डायलग सुरू गरेका थियौं,’ नेपालवाच मल्टिमिडियाका अध्यक्ष र नेपालवाच डट कमका सम्पादक पुष्प ढुंगानाले भने, ‘काम गर्दै जाँदा समस्याको मूल समाधान त शिक्षाबाट खोज्नुपर्छ जस्तो लाग्यो । यहाँ भएका समस्या र सुधारका लागि बहसको खाँचो देखेर यो कार्यक्रम सुरु गर्ने जमर्को गरेका हौं ।’
कार्यक्रमले अभिभावक, विद्यार्थी र शिक्षामा सरोकार राख्ने सबैको भविष्यलाई ऐना जस्तै देखाउने विश्वास लिइएको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया