एजुकेशन डायलग भाग १ : विद्यार्थीले के चाहन्छ विद्यालय र अभिभावकबाट ?
काठमाडौं । शिक्षा, अँध्यारो छिचोलेर उज्यालोमा पुग्ने एउटा सुन्दर यात्रा ।
यही यात्रा तय गर्न देशभर बर्गेल्ती विद्यालय, कलेजलगायत शैक्षिक संस्था खुलेका छन् । शहरमा निजी शैक्षिक संस्थाको उपस्थिति बाक्लो छ भने ग्रामीण इलाकामा सरकारी शैक्षिक संस्थाको । तर के यो गन्तव्य भेटाउन तय हाम्रो दिशा र तौरतरिका उपयुक्त छ त ?
निजी शैक्षिक संस्था स्रोत र साधन सम्पन्न भए पनि हाम्रा सरकारी विद्यालय र कलेजको स्तरोन्नति अझै अपेक्षित हुन सकेको छैन । पूर्वाधारदेखि शिक्षण विधिसम्ममा पछाडि छन् ।
समस्या स्रोत र साधनमा मात्र छैन, सामाजिक, मनोवैज्ञानिकलगायत पाटोमा पनि उत्तिकै छ । शिक्षक र विद्यालयसँगको अपेक्षा एकातिर अनि डेलिभरीचाहिँ अर्कोतिर भइरहेको छ । समाजसँग पनि जुध्नुपरिरहेको हुन्छ एउटा विद्यार्थी । यस्ता विषयले विद्यार्थीको सर्वांगीण विकासमा असर पारे पनि हाम्रोमा बहस र छलफलचाहिँ निकै कम हुने गरेका छन् ।
शैक्षिक क्षेत्रका तमाम विषयमा बहस छेड्न नेपालवाच र किङ्स कलेजले संयुक्त रूपमा थालेको ‘एजुकेसन डायलग’को पहिलो श्रृंखलामा आज हामीले विद्यालय र विद्यार्थीका कुरा समेटेका छौं । सुनौं, भर्खरै विद्यालय शिक्षा सकाएकी अर्पना दनुवारसँग गरिएको कुराकानी ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया