लुम्बिनीका मुख्यमन्त्रीको आज शपथ ग्रहण

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिने भएको छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उनलाई शपथ ग्रहण गराउने छन्। आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ ।
एमाले र माओवादी केन्द्रबाट एक÷एक मन्त्री बनाउने तयारी रहेको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताए ।‘आज तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ’, उनले भने, ‘त्यसका लागि छलफल भइरहेको छ ।’ बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
अहिले लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन् । यसलाई घटाउने गरी छलफल भइरहेको छ ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया