NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

मन्त्रालयको भागबण्डा मिलाउन प्रधानमन्त्री प्रचण्ड र ओलीको दौडधुप, अझै टुंगिएन भागबण्डा

काठमाडौं । सत्ता भागबण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो भएको भेटवार्तामा सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबण्डाबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्री प्रचण्डले ११ पुसमा एमालेबाट चार, माओवादीबाट एक, रास्वपाबाट एक र जपाबाट एक जना गरी आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

सरकारलाई समर्थन गरेका दल राप्रपा, जसपा र नाउपाले मन्त्रीको नामावली पठाएको छैन । एमालेबाट सरकारमा सहभागी भएका अन्य तीन मन्त्रीले पनि जिम्मेवारी पाएका छैनन् । यही विषयमा छलफल गर्न गठबन्धन दलहरूको बैठक बिहीबार बस्ने भनिएपनि बस्न सकेको छैन ।

यसअघि बसेको बैठकले एमालेले ९, माओवादीले ५, रास्वपाले ३, राप्रपाले ३, जसपाले ३, जपा र नाउपाले एक/एक मन्त्री पाउने लगभग सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार गएका थिए भने बुधबार ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका थिए । संसदबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।