NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मन्त्रालयको संख्या १२ बनाउने लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारको निर्णय सच्याउँदै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।

नवनिर्वाचित मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बिहीबार प्रदेश राजधानी देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको पहिलो बैठकले बैठकले मन्त्रालयको संख्या घटाएर १२ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो ।

यसअघि दलहरूबीच भागबण्डा मिलाउन निवर्तमान मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रिपरिषदले मन्त्रालयको संख्या १३ बनाएको थियो । मुख्यमन्त्रीसहित दुई मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

बैठकले शिक्षा, विज्ञान, युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सट्टा सामाजिक विकास मन्त्रालय कायम गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री लिला गिरीका साथै मन्त्रीहरुमा चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।

नवनिर्वाचित मन्त्रीहरूलाई कुनै जिम्मेवारी दिएको छैन । मन्त्रिपरिषद विस्तारको बाँकी काम सत्ता साझेदार दलहरूको सहमतिमा पछि गरिने मुख्यमन्त्रीका सचिवालयले जनाएको छ ।