NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

याे कार्यकालमा राम्राे काम गरेर देखाउँछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले याे कार्यकालमा काम गरेर देखाउने प्रतिवद्धता दोहोर्याएका छन् ।

गणतन्त्र घोषणा भएपनि जनताका जीवनस्तरमा कुनै परिवर्तन नआएकोमा चिन्ता व्यक्त गर्दै उनले यो कार्यकालमा भाषणभन्दा काम धेरै गरेर देखाउने बताए ।

शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तेस्रो कार्यकाल मेरो लागि ठूलो परीक्षाको रुपमा लिएको छु । गणतन्त्र घोषणा भयो तर जनताको जीवनस्तरमा कुनै परिवर्तन आएन । यो कार्यकालमा म भाषण कम, धेरै राम्रो काम गरेर देखाउँछु ।’

सरकारको कामहरु सुशासन र देशको हितका लागि केन्द्रित हुने भन्दै उनले यही कार्याकालमा नेपालको आर्थिक विकासको गति लिने, शुसानको जग बस्ने र राजनीतिक परिर्वतन अब आर्थिक विकासका परिणत हुने उनले दाबी गरे ।

यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको तर पार्टीहरुको सम्भावना अझै बाँकी नै रहेको जनमतबाट अभिव्यक्त भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

१० पुसमा एमालेको सहयोगमा प्रधानमन्त्री भएका प्रचण्डले २६ पुसमा ९९ प्रतिश मतसहित प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष