उद्योगी व्यवसायीका समस्या समाधान गर्न माग

काठमाडाैं । उद्योगी व्यवसायीहरुका विद्यमान विभिन्न समस्या समाधानको माग गर्दै मोरंग व्यापार संघका अध्यक्षसहितको टोलीले अर्थमन्त्रीसँग भेट गरेका छन् ।
बिहीबार मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरेलगायतले अर्थमन्त्री विष्णु प्रसाद पौडेल, अर्थ सचिव तोयम रायाज्यू, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, पर्यटन सचि सुरेश अधिकारीलगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुसँग भेटघाट गरी समस्या समाधानको माग राखेका हुन् ।
पछिल्लो समय विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति, लोडसेडिङ्ग, आयात तथा भन्सारसम्बन्धि जटिलताहरु ल्गायतका समस्या समाधानको लागि माग गरेको अध्यक्ष नवीन रिजालले बताए ।
भेटघाटका क्रममा अध्यक्ष रिजालले भारत सरकारले नेपाललाई पचास हजार मेट्रिक टन गहुँको कोटा निर्धारण गरेता पनि नेपाल सरकारले नेपाली उद्योगीहरुलाई सो कोटा बाँडफाँड गर्न नसकेको हुँदा गहुँमा आश्रित नेपाली उद्योगहरु प्रभावित भई बन्द हुने अवस्थामा रहेको बारे अवगत गराउनु भई सो कोटा बाँडफाँडका सम्बन्धमा तत्कालै आवश्यक कदम चाल्न आग्रह गरे ।
सो क्रममा अर्थसचिवले नेपाली उद्योगहरुलाई गहुँको कोटा निर्धारण गर्ने कार्यलाई शिघ्रताका साथ अघि बढाइने आश्वासन दिए भने बैंक व्याजदर तथा बैकिङ नीति सम्बन्धि समस्याहरु निराकरणका लागि आवश्यक कार्यहरु अघि बढिरहेको जानकारी गराएका थिए ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया