देशको अर्थतन्त्र झन् नाजुक अवस्थामा पुग्ने छ : पाकिस्तानी राष्ट्रपति
एजेन्सी । पाकिस्तानका राष्ट्रपति डा. आरिव अल्वीले देशको अर्थतन्त्रप्रति गम्भिर चिन्ता व्यक्त गरेका छन् । उनले देशका राजनीतिक दलहरु अब एकआपसमा मतभेदलाई त्यागेर छलफल नगरे अवस्था झन् बिग्रने बताएका छन् ।
राष्ट्रपति डा. आरिव अल्वीले सबै दलहरुबीच वार्ताको लागि प्रस्ताव राखेका छन् । राष्ट्रपति अल्वीले एक सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा सरकारले पूर्वप्रधानमन्त्री इमरान खानको पिटिआईसँग वार्तामा ढिलाइ गरिरहेको बताएका छन् ।
उनका अनुसार पछिल्लो एक महिनादेखि तहरिक–एक इन्साफ र गठबन्धन सरकारबीच कुनै वार्ता भएको छैन र वार्ताको लागि कुनै प्रतिक्रियासमेत आएको छैन ।
राष्ट्रपति अल्वीले वर्तमान सेना प्रमुख जनरल असिम मुनीरको नाममा इमरान खानले सन्तुष्टि व्यक्त गरेको बताएका छन् । सेना प्रमुख नियुक्त गर्नुअघि राष्ट्रपतिले इमरान खानसँग परामर्श गरेका थिए ।
वार्ताका क्रममा राष्ट्रपतिले सत्तारुढ गठबन्धन र पीटीआईबीच वार्ताको प्रस्ताव राखेका थिए ।
उनले भने, ‘मैले इमरान खानको कुरा गरिरहेको होइन, कम्तिमा राजनीतिक दलले एकअर्कासँग वार्ता गर्नुपर्छ, त्यसपछि पार्टीका ठूला मान्छेहरू पनि भेट्न सक्छन् ।
राष्ट्रपति अल्वीले इमरान खान र पाकिस्तानका पूर्व सेना प्रमुख जनरल बाजवाबीचको सम्बन्धबारे पनि खुलेर कुरा गरेका थिए ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया