बङ्गलादेशी प्रधानमन्त्री मधुमेहविरुद्धको विश्वदूत उपाधिद्वारा सम्मानित

ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाली बिहीबार अन्तरराष्ट्रिय मधुमेह महासंघ (आइडिएफ) को मधुमेहका लागि विश्वदूत (ग्लोबल एम्बेसडर) को पदक र प्रशंसापत्र प्रदान गरिएको छ ।
परराष्ट्रमन्त्री अब्दुल मोमेन र परराष्ट्र राज्यमन्त्री सहरियार आलमलगायत अन्य वरिष्ठ अधिकारीहरूले हसिनालाई उक्त पदक एवं प्रशंसापत्र हस्तान्तरण गरेकाे राष्ट्रिय समाचार संस्था बीएसएसले जनाएको छ ।
हसिनालाई लिस्बनमा आयोजित आइडीएफ विश्व मधुमेह सम्मेलनको उद्घाटन समारोहमा मधुमेह र अन्य नसर्ने रोगका बिरामीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न उनले खेलेकाे भूमिकाको कदर गर्दै मधुमेहका लागि ग्लोबल एम्बेसडरको उपाधि प्रदान गरिएको बताइएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया