बागमती प्रदेशका नवनिर्वाचित सभामुख पाठकले लिए शपथ

मकवानपुर । बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवन पाठकले शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम बागमती प्रदेशका सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ गराए । आज भएको मतदानमा पाठक सभामुख पदमा निर्वाचित भएका थियो ।
शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल तथा मन्त्रीहरु र प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गाना उपस्थित थिए । नवनिर्वाचित सभामुख पाठक साविक नुवाकोट जिल्ला र हाल काठमाडौँ उपमहानगरपालिका–३० का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले स्नातकोत्तरसम्मको शिक्षा अध्ययन गरेका छन् ।
यसअघि उनले विघटित पञ्चायत व्यवस्थाको वर्गीय सङ्गठनमध्ये नेपाल युवक सङ्गठनका केन्द्रीय सचिव पदमा निर्वाचित हुँदैदेखि राजनीतिक जीवन सुरु गरेका थिए ।
पाठकले मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापनापछि २०४७ सालमा राप्रपाको स्थापनासँगै संस्थापक सदस्य हुँदै केन्द्रीय सदस्यमा निर्वाचितमा थिए । यसैगरी उनले राप्रपाको सहमहामन्त्री एवं प्रवक्ता र पार्टीको महामन्त्रीसमेतको जिम्मेवारी सम्हाली सकेका थिए ।
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया