गण्डकीमा आज सभामुखको निर्वाचन, कांग्रेसको उम्मेदवार को ?
पोखरा । गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । उक्त समयभित्र दर्ता भएका उम्मेदवारीको १ः३० बजे सूची प्रकाशन गर्ने जनाइएको छ ।
त्यसैगरी ३ बजेको बैठकमा उम्मेदवारीको सूचनामाथि छलफल भई निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । सत्ता गठबन्धनमा गण्डकीमा नेकपा (एमाले) ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भएको सहमतिअनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् ।
गठबन्धनबाट माओवादीका सभामुखमा कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन् भने नेपाली कांग्रेसले उम्मेदवार तय गरिसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया