NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

विमान दुर्घटना भएपछि प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको जहाज दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ। चालक दलका चार जना सदस्यसहित ६८ जना यात्रु लिएर उडेको विमान पोखराकाे नयाँ गाउँस्थिति सेतीको खोँचमा विहान दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गर्दै दुर्घटनामा परेकाको उद्धार गर्न गृह मन्त्रालय र सुरक्षाकर्मीलाई निर्देशन दिइसकेका छन् ।