विमान दुर्घटनाबारे छानविन गर्न सरकारले गठन गर्यो पाँच सदस्यीय जाँचबुझ आयोग

काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । यति एयरलाइन्सको विमान आतबार पोखरा नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्देशन दिएको हो ।
बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको प्रवक्तासमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । यसैगरी बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको नेतृत्वमा दुर्घटनाबारे जाँच गर्न पाँच सदस्यीय आयोग गठन गरेको छ ।
आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् । त्यस्तै सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका प्रवक्ता पौडेलले जानकारी दिए ।
ताजा अपडेट
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
प्रतिक्रिया