विमान दुर्घटनाप्रति अमेरिकाद्वारा दुःख व्यक्त
काठमाडौं । पोखरामा भएको यति एयरलाइन्स जहाज दुर्घटनाप्रति संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेको छ । आइतबार काठमाडौंस्थित अमेरिकी दुताबासले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको हो ।
‘आज बिहान पोखरामा भएको यति एयरलाइन्सको दुःखद दुर्घटनाले हामी अत्यन्त मर्माहत भएका छौं। हामी स्थितिलाई सावधानीपूर्वक अनुगमन गरिरहेका छौं। हामी हाल बोर्डमा कुनै पनि अमेरिकी नागरिकहरू बारे सचेत छैनौं। हाम्रो हृदय पीडित र परिवारलाई जान्छ’, विज्ञप्तिामा उल्लेख छ ।
बिहान काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको विमान दुर्घटना हुँदा चालकदलका चार सदस्यसहित ५३ जना नेपाली र १५ विदेशी नागरिक सभार थिए । तीमध्ये अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया