माओवादी केन्द्रबाट रेखा,सुदन र अमन मन्त्री बन्दै
काठमाडौं । प्रचण्ड नेतृत्वको मौजुदा मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट रेखा शर्मा र सुदन किराती मन्त्री बन्ने पक्का भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धन दलको बैठकले गरेको निर्णय अनुुसार माओवादी केन्द्रको भागमा प्रधानमन्त्रीसहित चार मन्त्री परेको थियो ।
जसअनुसार शर्मा सुचना तथा सञ्चारमन्त्री र किराती नागरिक उड्डयन तथा पर्यटनमन्त्री बन्ने भएका हुन् । पूर्वसामान्य प्रशासनमन्त्रीसमेत रहेकी शर्मा दाङ–२ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन् । किराती भोजपुरबाट प्रदेश १ का मुख्यमन्त्रीसमेत रहेका एमालेका शेरधरन राईलाई पराजित गरेका थिए ।
लगातार तीन पटकसम्म निर्वाचन जिते पनि उनले कुनै जिम्मेवारी पाएका थिएनन् । यसअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । संघीय मामिला मन्त्रीमा अमनलाल मोदी र महेन्द्रराय यादवमध्ये कसलाई मन्त्री बनाउने भन्नेमा विवाद छ ।
नेसपाका नेतासमेत रहेका यादवलाई मन्त्री बनाउन डा. बाबुराम भट्टराईको दबाब छ । माओवादीका एक नेताका अनुसार मोदीको सम्भावान बलियो रहेको बताएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया