NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एमालेले टुंग्यायो मन्त्री

काठमाडौं । सत्ता गठबन्धको मुख्य घटक एमालेबाट मन्त्री बन्ने थप चार जनाको टुंगो लागेको छ । आठ मन्त्री र २ राज्यमन्त्री पाएको एमालेले मंगलबार चार मन्त्रीको टुंगो लगाएको सचिवालयको एक सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मौजुदा मन्त्रिमण्डलमा डा. विमला राई पौडेल परराष्ट्र, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य, भगवती चौधरीको जिम्मेवारी टुंगो लागेको छैन ।

यसअघि उपाध्यक्षसमेत रहेका विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री भइसकेका छन् । एमालेबाट पौडेलले नै सरकारको नेतृत्व गरेका छन् । प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह र सुदूरपश्चिमबाट दामोदर भण्डारी मन्त्री भएका छन् ।

उनीहरूको मन्त्रालय टुंगो लागि सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठकले मन्त्रालय भागबण्डा टुंग्याएको थियो । तर जिम्मेवारी तोक्ने विषयमा दलहरूबीच विवाद भएपछि अहिले गठबन्धनको बैठक बालुवाटरमा बसिरहेको छ ।

भागबण्डामा सहमति भएअनुसार एमालेले दुई राज्यमन्त्रीसहित १०, माओवादीले एक राज्यमन्त्रीसहित ५ मन्त्रालय पाउने सहमति भएको थियो । यसैगरी रास्वपा र राप्रपाले एक राज्यमन्त्रीसहित ३/३ मन्त्रालय पाउने सहमति भएको थियो ।

जसपाले मन्त्रालय भागबण्डामा असन्तुष्ट जनाउँदै सरकारमा सहभागी नहुने घोषणा गरेको छ । उसलाई एक राज्यमन्त्रीसहित २ मन्त्री दिने सहमति भएको थियो भने जपा र नाउपालाई एक/एक मन्त्री दिने सहमति भएको थियो ।