एमालेले टुंग्यायो मन्त्री
काठमाडौं । सत्ता गठबन्धको मुख्य घटक एमालेबाट मन्त्री बन्ने थप चार जनाको टुंगो लागेको छ । आठ मन्त्री र २ राज्यमन्त्री पाएको एमालेले मंगलबार चार मन्त्रीको टुंगो लगाएको सचिवालयको एक सदस्यले जानकारी दिए ।
ती सदस्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मौजुदा मन्त्रिमण्डलमा डा. विमला राई पौडेल परराष्ट्र, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य, भगवती चौधरीको जिम्मेवारी टुंगो लागेको छैन ।
यसअघि उपाध्यक्षसमेत रहेका विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री भइसकेका छन् । एमालेबाट पौडेलले नै सरकारको नेतृत्व गरेका छन् । प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह र सुदूरपश्चिमबाट दामोदर भण्डारी मन्त्री भएका छन् ।
उनीहरूको मन्त्रालय टुंगो लागि सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठकले मन्त्रालय भागबण्डा टुंग्याएको थियो । तर जिम्मेवारी तोक्ने विषयमा दलहरूबीच विवाद भएपछि अहिले गठबन्धनको बैठक बालुवाटरमा बसिरहेको छ ।
भागबण्डामा सहमति भएअनुसार एमालेले दुई राज्यमन्त्रीसहित १०, माओवादीले एक राज्यमन्त्रीसहित ५ मन्त्रालय पाउने सहमति भएको थियो । यसैगरी रास्वपा र राप्रपाले एक राज्यमन्त्रीसहित ३/३ मन्त्रालय पाउने सहमति भएको थियो ।
जसपाले मन्त्रालय भागबण्डामा असन्तुष्ट जनाउँदै सरकारमा सहभागी नहुने घोषणा गरेको छ । उसलाई एक राज्यमन्त्रीसहित २ मन्त्री दिने सहमति भएको थियो भने जपा र नाउपालाई एक/एक मन्त्री दिने सहमति भएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया