NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

टीभीएसलाई उत्कृष्ट कम्युटर तथा फिचर अवार्ड

काठमाडौं टेकलेख अवार्डमा टीभीएस रेडरले उत्कृष्ट कम्युटर तथा टीभीएस अपाचे आरटीआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ । गत वर्ष पनि रेडरले टेकलेखबाट विभिन्न अवार्ड पाएको कम्पनीले जनाएको छ ।

टेकलेखले जारी गरेको विज्ञप्ति अनुसार रेडरमा भएका सुधारहरुको आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त पार्न सफल भएको जनाएको छ । कम्पनीका अनुसार रेडरको किफायती मूल्य, स्टाइल र अप्डेटेड फिचरहरुका कारण यस बाइकले अवार्ड पाएको हो ।

टीभीएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायत विशेषता उपलब्ध छन् । यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाइट, एङ्गुलर एलइडी डीआरएल तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षक बनाएको समेत कम्पनीको भनाइ छ ।

एयर आयल कुल्ड एसआई कार्बेरेटर इञ्जिनद्वारा शक्ति प्रदान गरिएको यस बाइकले ७ हजार ५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ ।

अपाचेमा निरन्तर सुधार गरिएका फिचरको गुणस्तरले यो बाइकले अवार्ड प्राप्त गर्न सफल भएको कम्पनीको दाबी छ । रिडिजाइन्ड डीएलआर, राइडिङ मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ डीएनए जस्ता फिचरका कारण बाइकले टेकलेखको उत्कृष्ट फिचर अवार्ड पाएको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरु छन् । कम्पनीले गुणस्तरीय उत्पादन, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्ट-पूर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई सेवा दिएको बताएको छ ।