NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

यमनको अर्थतन्त्रमा सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले यमनको अर्थतन्त्रमा सहयोग पु-याउन सबै विदेशी दाता तथा राष्ट्रहरुसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय सहायता सम्बन्धी संयोजक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव मार्टिन ग्रिफिथले सो आग्रह गरेका हुन् ।

उनले सोमबार विश्वका देशहरुलाई सो आग्रह गरेकाे समाचारमा जनाइएको छ । उनले भने, ‘म विश्व समुदायलाई हाल यमनको अर्थतन्त्रको प्रवद्धनका लागि गरिरहेको सहयोगमा कम्तीमा पनि दोब्बर गर्नका लागि आग्रह गर्दछु ।’

युद्धग्रस्त यस देशको अर्थतन्त्र प्रतिदिन निकै कमजोर हुदै गएकाले यसका लागि सहयोग गर्न सो आग्रह गरिएकाे हाे ।  संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको सोमबारको बैठकमा उनले सो आग्रह गरेको बताएका छन् ।

सन् २०२३ यमनका लागि निकै कठिन वर्ष हुन सक्ने खतरा रहेको पनि बताइएकाे छ । त्यहाँकाे अर्थतन्त्र कमजोर हुदै गएकाले यो वर्ष यमनका लागि खतरा हुनसक्ने जनाइएकाे छ ।

मानवीय सहायताको खाँचो झन् बढ्दै गएको देखिएको र सन् २०२३ मा मात्र २ करोड १६ लाख नागरिकलाई यसको खाँचो पर्न जाने पनि बताइएकाे छ ।

ताजा अपडेट

नेपालवाच विशेष