मेलिना राईले पोखराको कन्सर्ट किन रद्द गरिन् ?

काठमाडौं । चर्चित गायिका मेलिना राईले पोखरामा तय भएको सांगितिक कार्यक्रमलाई स्थगित गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत कन्सर्ट रद्द गरेकी जनाएकी छिन् ।
माघ १ गते ७२ जनाको ज्यान जाने गरि पोखरामा भएको यतीको विमान दुर्घटनाको कारणले आफ्नो प्रतिष्ठा र भित्री आत्माले त्यहाँ पुगेर कार्यक्रम गर्न नदिएको उल्लेख गर्दै उनले कन्सर्ट स्थगित गरेकी बताएकी हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘माघ ३ गते बेलुका पोखरा महोत्सवमा प्रस्तुति दिने भनेर जानकारी गराएकी थिएँ, तर आज राति पोखरा महोत्सवमा मेरो उपस्थिति रद्द भएको घोषणा गर्दा म साँच्चै दुःखी छु । पोखरामा त्यो घटना घटेपछि मलाई त्यो कार्यक्रम गर्न साँच्चै गाह्रो छ ।मेरो प्रतिष्ठा र भित्री आत्माले मलाई त्यसो गर्न दिएन । त्यसैले मैले कार्यक्रम छोड्नुपर्यो । म तपाईंहरु सबैप्रति माफी माग्न चाहन्छु । मैले कार्यक्रम रद्द गरेकी हुँ, आयोजकले होइन । मैले गरेको निर्णयको लागि आयोजक टोलीसँग माफी माग्न चाहन्छु । प्रिय पोखरा म अर्को पटक भेट्नेछु ।’
साथै उनले पोखरा विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया