शून्यमा झर्याे दिल्लीमा कोभिड–१९
नयाँदिल्ली । पछिल्लो २४ घण्टामा राष्ट्रिय राजधानीमा कोभिड–१९ का कुनै नयाँ बिरामी अभिलेख भएको छैन । सन् २०२० को मार्चमा महामारी शुरु भएदेखि यहाँ सङ्क्रलण शून्यमा झरेको पहिलो पटक हो ।
दिल्ली स्वास्थ्य विभागले जारी गरेको स्वास्थय बुलेटिनअनुसार कोभिड–१९ पाजेटिभ दर ०.०० प्रतिशत रहेको तथा बितेका २४ घण्टामा सङ्क्रमित नभेटिए पनि शहरमा सक्रिय बिरामी १० जना छन् ।
सोही अवधिमा नौ जना कोभिडका बिरामी स्वास्थ्य लाभ गरेर घर फर्केका तथा देशभर उक्त सङ्ख्या १९ लाख ८० हजार सात सय ८१ पुगेको छ । चार करोड छ लाख ५० हजार एक सय १९ जनाले परीक्षण गराएका छन् ।
देशभर जारी खोप अभियान प्रभावकरी रहेको जनाउँदै विभागले १५ जनालाई पहिलो डोज, ३२ जनालाई दोस्रो र १०३ जनालाई सावधानीको डोज लगाइएको छ ।
हालसम्म तीन करोड ७३ लाख ७० हजार छ सय ६३६ जनाले खोप लगाइसकेका छन् । नयाँदिल्लीमा फैलिएका कोभिडका तीन लहरमध्ये सन् २०२१ को अप्रिल–मेको दोस्रो लहर सबैभन्दा घातक थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया