नेकपा एसको समर्थनमा कांग्रेसकी न्यौपानेले सभामुखमा दिइन् उम्मेदवारी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको छ ।
सभामुखमा उम्मेदवारी दिने/नदिने विषयमा अलमलमा देखिएको कांग्रेसले बुधबार सरकार बाहिर रहेका जसपा र जपाका नेताहरूसँग छलफल पश्चात आफैले उम्मेदवारी दिने घोषणा गरेको हो । न्यौपानेले बुधबार नयाँ बानेश्वरस्थित संसद भवन पुगेर उम्मेदवारी दिएका हुन् ।
उनको प्रस्तावकमा कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला छन् । केन्द्रीय सदस्यसमेत रहेका न्यौपाने कैलालीका समानुपातिक सांसद हुन् ।
न्यौपानेले नेकपा एसबाहेक जसपा, जपा, नाउपा, लोसपा लगायत दलहरूको समर्थन पाउने कांग्रेसले विश्वास लिएको छ । सभामुखमा समर्थन जुटाउन कांग्रेसले नेकपा एसका अध्यक्ष माधव नेपाल, उपमहासचिव प्रकाश ज्वाला, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरूसँग छलफल गरेको थियो ।
यसअघि सत्ता गठबन्धनको तर्फबाट एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गरिसकेका छन् । प्रतिनिधि सभामा कांग्रेसका ८९, जसपाका १२, एकीकृत समाजवादीका १० र लोसपाका ४ जना सांसद छन्।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया