नेकपा एसको समर्थनमा कांग्रेसकी न्यौपानेले सभामुखमा दिइन् उम्मेदवारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको छ ।
सभामुखमा उम्मेदवारी दिने/नदिने विषयमा अलमलमा देखिएको कांग्रेसले बुधबार सरकार बाहिर रहेका जसपा र जपाका नेताहरूसँग छलफल पश्चात आफैले उम्मेदवारी दिने घोषणा गरेको हो । न्यौपानेले बुधबार नयाँ बानेश्वरस्थित संसद भवन पुगेर उम्मेदवारी दिएका हुन् ।
उनको प्रस्तावकमा कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला छन् । केन्द्रीय सदस्यसमेत रहेका न्यौपाने कैलालीका समानुपातिक सांसद हुन् ।
न्यौपानेले नेकपा एसबाहेक जसपा, जपा, नाउपा, लोसपा लगायत दलहरूको समर्थन पाउने कांग्रेसले विश्वास लिएको छ । सभामुखमा समर्थन जुटाउन कांग्रेसले नेकपा एसका अध्यक्ष माधव नेपाल, उपमहासचिव प्रकाश ज्वाला, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरूसँग छलफल गरेको थियो ।
यसअघि सत्ता गठबन्धनको तर्फबाट एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गरिसकेका छन् । प्रतिनिधि सभामा कांग्रेसका ८९, जसपाका १२, एकीकृत समाजवादीका १० र लोसपाका ४ जना सांसद छन्।
ताजा अपडेट
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
प्रतिक्रिया