NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

चित्रबहादुर केसीले उठाए गृहमन्त्री रविमाथि प्रश्न

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएका छन् ।

सभामुख निर्वाचनका लागि बिहीबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै केसीले सरकारका मन्त्रीहरूको चरित्र ठीक नभएको टिप्पणी गरे ।

‘सरकारका गृहमन्त्री, श्रममन्त्री र सहरी विकासमन्त्रीमाथि देखिएको विवाद हेर्दा आगामी दिन निकै डरलाग्दो देखिएको छ’, मन्त्रीहरूमाथि प्रश्न उठाउँदै उनले भने, ‘प्रधानमन्त्रीलाई विपक्षी दलले पनि मत दिनुले गम्भीर प्रश्न उठेको छ । निर्वाचनअघि नयाँको धेरै बहस चल्यो, नयाँ अनुहार आउनुपर्न भनियो तर नयाँ दलको भविगत पनि देखिहाल्नुभयो नि ।’

उनले संसद प्रतिपक्षी विहिन भएकोमा चिन्ताव्यक्त गर्दै केसीले कांग्रेसको भूमिकाप्रति शंका व्यक्त गरे ।