कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने
कराकस । कोलम्बियाको सरकार र त्यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बियाको सरकारले यससम्बन्धी शनिबार जानकारी गराएको हो । सरकारले त्यहाँका विद्रोही समूह नेशनल लिबरेसन आर्मी (इएलएन) सँग शान्ति वार्ताका लागि पहल गरेको र आगामी महिना नै सो वार्ता हुने भएको सूचना कोलम्बियाली सरकारले दिएको हो ।
शनिबार यहाँको सो विद्राही समूह र सरकारी वार्ता टोलीका बीचमा सो सहमति भएको हो । यहाँको सरकारी वार्ता टोलीका प्रमुख ओटी प्याटिनोले सरकारी र विद्रोही समूहका वार्ता टोलीका सदस्यका बीचमा शनिबार वार्ता भएको र सो वार्तामा आगामी महिना शान्ति वार्ता हुने जानकारी दिए ।
उनले अबको वार्ता दोस्रो चरणको हो भन्दै यसबाट देशमा शान्ति स्थापनाका लागि सहयोग पुग्ने बताएका हुन् । अबको वार्तामा सरकारी पक्ष पनि आसावादी भएको र दुवै पक्ष सहमतिको नजिकमा पुग्ने सम्भावना धेरै रहेको पनि उनले बताए ।
शनिबारको वार्ताका क्रममा दुवै पक्षका बीचमा धेरै कुरामा समझ्दारी भएको र आगामी केही दिनमा नै युद्धविरामको पनि सहमति हुने उनले बताए । यहाँको सरकारले यहाँ दशकौँसम्म जारी रहेको हिंसाको अन्त्यका लागि शान्ति वार्ताका माध्यमबाट अधिकतम प्रयास गर्ने बताएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया