स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जसपामा प्रवेश
काठमाडौं । मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका हुन् ।
दुवै प्रदेशसभा सदस्यलाई आज बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै पार्टी प्रवेश गराएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए ।
उनका अनुसार मधेस प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य रहेकामा थप दुई प्रवेश गरेपछि प्रदेशसभामा अब १८ जना भएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया