प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएको थियो ।
सभामुखमा निर्वाचित भएपछि उनले पहिलोपटक प्रधानमन्त्रीलाई भेट्का हुन् । नेकपा (एमाले) का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित भएका थिए । उनलाई नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत राजनीतिक दलले समर्थन गरेका थिए ।
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया