पार्टीको जिम्मेवारी मागेका गजुरेल प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका हरिबोल गजुरेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा नियुक्त गरेका छन् ।
प्रधानमन्त्रीले प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको सोमबार उनले जानकारी दिएका छन् । पूर्वकृषिमन्त्रीसमेत रहेका उनी सिन्धुलीका हुन् । उनी २०६४, २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लगातार निर्वाचित सांसद हुन् ।
मंसिर ४ मा भएको निर्वाचनमा टिकट नपाएका उनी प्रचण्डसँग असन्तुष्ट रहँदै आएका गजुरेलले असहमति पत्र माओवादी पार्टी कार्यालयमा बुझाएका थिए । उनको ठाउँमा युवा नेता लेखनाथ दाहालले टिकट पाएर निर्वाचित भएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रचण्डले मन्त्री सरह सेवा सुविधा लिने गरी प्रमुख राजनीतिक सल्लाहकार बन्न प्रस्ताव गरेका थिए । तर प्रचण्डसँग भेटको क्रममा उनले सल्लाहकार भन्दा पनि पार्टीको जिम्मेवारी दिन आग्रह गरेका थिए ।
‘मलाई प्रधानमन्त्रीको सल्लाहकार बन्न केही आपत्ति होइन । अध्यक्षज्यू प्रधानमन्त्री भएकै भोलिपल्ट मलाई बोलाएर राजनीतिक सल्लाहकार बन्न आग्रह गर्नुभएको थियो’, नेपालवाचसँग उनले भने, ‘पार्टी लथालिङ्ग भएको छ । पार्टी बलियो नभएसम्म सरकार बलियो हुन सक्दैन । तपाईं सरकार चलाउनोस् । पार्टीको जिम्मा मलाई दिनोस् भनेको थिएँ ।’
यसअघि प्रधानमन्त्री प्रचण्डले प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरैलाई नियुक्त गरेका छन् । स्वकीय सचिवालयमा छोरी गंगा दाहालसहित ७ जनालाई नियुक्ति गरिसकेका छन् । पार्टीभित्र शितलकुमारले चिनिने गजुरेल २०३३ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन् । नेकपका मसाल हुँदै उनी २०५२ सालमा माओवादी जनयुद्धमा होमिएका नेता हुन् । उनले प्रचण्डलाई आलोचनात्मक रुपमा समर्थन गर्दै आएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया