अमेरिकामा फेरि अर्को गोलीकाण्ड, सात जनाको मृत्यु
काठमाडौं । अमेरिकाको उत्तरी क्यालिफोर्नियाका दुई स्थानमा भएका गोलीकाण्डमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ ।
प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले हाफ मुन बे सहरका दुई फार्ममा गोली चलेको लेखेका छन् ।
सान माटेओ काउन्टी शेरिफको कार्यालयले घटनामा अरू धेरै व्यक्ति घाइते भएको र एक संदिग्धलाई हिरासतमा लिइएको जनाएको छ।
दुई दिनअघि दक्षिणी क्यालिफोर्नियाको लस एन्जलस नजिकै पनि यस्तै घटना भएको थियो । जसमा ११ जनाको मृत्यु भएको थियो ।
हाफ मून बे सैन फ्रान्सिस्कोबाट लगभग ५० किलोमिटरको दूरीमा छ। घटना भएको दुई घण्टापछि प्रहरीले ६७ वर्षीय वृद्धलाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धान एजेन्सीले संदिग्ध व्यक्तिको कार शेरिफको डिपार्टमेन्ट सबस्टेशनको पार्किङमा फेला पारेको थियो र स्थानीय मिडियाका अनुसार गोलीबारीमा प्रयोग गरिएको बन्दुक यस कारबाट बरामद भएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया